काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजित जेसीजको ५१औं महाधिवेशन उद्घाटन समारोहमा उक्त सम्मान प्रदान गरिएको हो ।
राजनीतिलगायत विभिन्न माध्यमबाट राष्ट्रको उन्नयनमा योगदान पुर्याउने हालसम्म ६ जनालाई जेसीजले मानार्थ सदस्यता प्रदान गरेकोमा सातौं व्यक्तिका रूपमा महरले उक्त सम्मान पाएका छन् ।
जेसीज गैर नाफामुखी र गैर सरकारी अन्तर्राष्ट्रिय संस्था हो। विश्वका १२२ देशमा सदस्य रहेको जेसीजले युवालाई सक्रिय नागरिक बन्न, सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय सहयोग, सद्भावना र समझदारीको दिशामा प्रोत्साहित गर्दछ।
नेपालमा पनि युवा नेतृत्व, व्यक्तित्व एवं उद्यमशीलता विकासमा केन्द्रित भई १७८ शाखामार्फत जेसीजले काम गर्दै आएको छ।
महरले यही उद्देश्य अनुरूप काम गरेकाले जेसीजले मानार्थ सदस्यता प्रदान गरेको जनाएको छ । महरले लामा समयदेखि निःशुल्क र गुणस्तरीय शिक्षा–स्वास्थ्यका लागि आवाज उठाउँदै आएका छन् ।
यसका साथै उनले नैतिक राजनीतिका बारेमा पनि पैरवी गर्दै आएका छन् । उनी कांग्रेसभित्र संगठन निर्माणमा अब्बल व्यक्तिका रूपमा परिचित छन् । राजनीतिकमा महर इमानदार, कर्तव्य निष्ठ, प्रस्ट वक्ता, अध्ययनशील, विकास प्रेमी र जनप्रेमी नेताका रुपमा चिनिन्छन् । महरलाई आसन्न १५औं महाधिवेशनमा महामन्त्रीका सशक्त दाबेदार पनि मानिएको छ ।
विद्यार्थी राजनीतिबाट उदाएका महर वि.सं. २०४७ सालमा १६ वर्षकै उमेरमा डडेलधुराको असीग्राम माविको नेविसंघ इकाई अध्यक्षमा निर्वाचित भएका थिए। त्यस यता उनी अविराम सक्रिय राजनीतिमा छन् ।
२१ वर्षको उमेरमा २०५२ सालमा महर नेविसंघ डडेलधुराको कार्यबहाक जिल्ला अध्यक्ष भएका थिए । उनी २०५६ सालमा नेविसंघ डडेलधुरा अध्यक्ष निर्वाचित भए। २०५४ सालमा महरले पार्टीको डडेलधुरा प्रचार–प्रसार विभाग उप–प्रमुखको रूपमा काम गरे ।
२०५७ सालमा चितवन महाधिवेशनबाट निर्वाच जितेर महर नेविसंघको केन्द्रीय सदस्य भए । २०६४ सालमा महर निर्वाचित उपाध्यक्ष भए। २०७३ सालमा निर्वाचित अध्यक्ष भएका उनले नेविसंघको राजनीतिक इतिहासमा कहिले चुनावमा पराजय भोग्नु परेन ।
१४औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित महरलाई पार्टीले शिक्षा विभाग प्रमुखको जिम्मेवारीसमेत प्रदान गरेको छ ।
जेसीजले आफूलाई विश्वास गरेर मानार्थ सदस्यता प्रदान गरेको प्रति महरले खुसी व्यक्त गरेका छन् । 'जेसीजको यस सम्मान र विश्वासले मलाई थप जिम्मेवार हुन प्रेरित गरेको छ । यहाँहरूले प्रदान गर्नु भएको यस विश्वासलाई म रत्तिभर घट्न दिने छैन। सधैँ कर्तव्य निष्ट भएर देश र जनताको पक्षमा काम गर्ने छु। युवाहरूको भावनाको सधैँ सम्मान गर्ने छु,' महरले भने ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google