काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले हिमाली जिल्लाहरूमा अझै किताब नपुगेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा समय लिई बोलेका उनले भने, ‘हिमाली जिल्लामा किताब पुगेको छैन । जुम्लालगायत जिल्लामा फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्छ ।’
अन्यत्र भने वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरू हुन्छ । हिमाली जिल्लामा तत्कालै किताब पठाउनुपर्ने उनले बताए ।
उनले मतपत्र छाप्ने सरकारले किन किताब छाप्न सक्दैन भन्ने प्रश्न पनि गरेका छन् ।
‘सरकारले मतपत्र छाप्न सक्छ, किताब किन छाप्न सक्दैन यो प्रश्न हो । छिटो किताब उपलब्ध गराइयोस्,’ उनले भने ।