काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) मा नेकपा एकता राष्ट्रिय अभियान एकीकृत हुँदा आएका नेताहरुले जिम्मेवारी पाएका छन् । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमसहितका नेतालाई जिम्मेवारी दिएको हो ।
बैठकले वामदेवसहित उनी पक्षका १३ जनालाई केन्द्रीय कमिटीमा लाने निर्णय पनि गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय समितिमा वामदेव गौतम, डीबी कार्की, लोकनाथ धमला, तुलसी थापा, भगवती विष्ट, दुर्गादत्त भण्डारी, इमानसिंह भारती, रवीन्द्र वन, तोफा यादव, विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई लगिएको हो ।
वामदेवलाई तेस्रो वरियतामा रहनेगरी वरिष्ट नेताको जिम्मेवारी दिएको छ । त्यस्तै, तुलसी थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाउने निर्णय गरिएको छ ।
त्यसैगरी, भगवती विष्ट, दुर्गादत्त भण्डारी, इमानसिंह भारती, रवीन्द्र वन, तोफा यादव, विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google