रास्वपाका सांसद पराजुलीले मागे माफी

दर्पण दैनिक २८ बैशाख २०८०,१४:११
post

काठमाडौं । रास्वपाका सांसद गणेश पराजुलीले माफी मागेका छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सांसद पराजुलीले सार्वजनिकरुपमा माफी मागेका हुन् । 

उनले लेखेका छन्,

सम्मानित सदन र माननीय ईश्वरी देवी न्यौपाने ज्यू प्रति क्षमा याचना 
गत वैशाख २७ गते सम्मानित सदनमा माननीय ईश्वरी देवी न्यौपाने ज्यूले “विनियोजन विधेयक २०८०” को सिद्धान्त र प्राथमिकता उपर आफ्नो भनाई राख्दै गर्दा उच्चारण गरिएको शब्द “नयाँ पुस्ताका विदुषी माननीय ज्यूहरू” लाई “नयाँ पुस्ताका विदेशी माननीय ज्यूहरू” सुनिँदा गरिएको नियमापतिका करणले पर्न गएको असहज परिस्थितिका लागि म र मेरो पार्टीका तर्फबाट क्षमा याचना गर्दछु । 
मा. गणेश पराजुली 
प्रतिनिधि सभा सदस्य 
काठमाडौँ क्षेत्र नं. ७

 

बुधबारको प्रतिनिधि सभा बैठकमा कांग्रेसकी सांसद न्यौपानेले नयाँ पुस्ताका महिला सांसदलाई इंगित गर्दै ‘नयाँ पुस्ताका विदुषी माननीयज्यूहरु’ भनेकी थिइन् । विदुषी शब्द विद्वान शब्दको स्त्रीलिङ्ग जनाउने शब्द हो । तर, रास्वपाका सांसदहरुले ‘विदुषी’ शब्दलाई विदेशी सुनेपछि रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति जनाए । 

उनले सांसद न्यौपानेले ‘नयाँ पुस्ताका विदेशी सांसद भनेर कसलाई भन्न खोजेको हो ?’ भन्ने प्रश्न गरे । उनको भनाइमा रास्वपाका अन्य सांसदहरुले टेबल ठोकेर समर्थन गरे जसको अर्थ उनीहरुले पनि सांसद न्यौपानेले ‘विदेशी’ भनेको नै ठानेका थिए ।

उनको प्रश्नपछि सांसद न्यौपानेले जवाफ दिन समय मागिन् । उपसभामुख इन्दिरा रानाले समय दिएपछि उनले भनिन् ‘मेरो सम्बोधन लिखित नै छ । मैले विदुषी भनेकी हुँ । विदुषी भनेको विद्वान हैन र ?’ उनको भनाइको कांग्रेसका सांसदहरुले पनि टेबल ठोकेर समर्थन गरेका थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९