
काभ्रे । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकको संयाेजनमा आगामी जेठ ४ गते धुलिखेलमा बागमती प्रदेशस्तरीय वृहत् भेला हुने भएको छ । ‘उर्जा र विश्वासको नवीन अभियान’ भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त भेलाको तयारी तीव्र पारिएको हाे ।
नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाका अनुसार, प्रदेश र स्थानीय तहलाई केन्द्रित गरी संगठन सुदृढीकरणका लागि यो भेला आयोजना गरिएको हो । धुलिखेल नगरपालिकाको सभाहलमा हुने उक्त समारोहको उद्घाटन बिहान ११ बजे गरिने कार्यक्रम छ ।
भेलालाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा महामन्त्री थापा र विशिष्ट अतिथिका रूपमा अर्का महामन्त्री शर्मा उपस्थित हुने सभापति लामाले जानकारी दिए ।
पार्टीको आन्तरिक सुदृढीकरण र आगामी रणनीतिका बारेमा छलफल गर्न बागमती प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहने यस भेलालाई कांग्रेसभित्रको 'जरा अभियान' को एक महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ । आयोजक जिल्ला कार्यसमिति काभ्रेले भेला सफल पार्नका लागि पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरूलाई उपस्थितिका लागि निमन्त्रणा समेत गरेको छ ।









































































































































































































































































































































































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)























































































































































1691312161.jpg)
















































































































































































































































































.jpg)









































































































































































































































































































































.jpg)




प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google