काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले विद्यालय शिक्षा प्रदेश तहबाट सञ्चालन हुनुपर्ने बताएका छन् । शुक्रबार शिक्षा विधेयकबारे संक्षीप्त धारणा राख्दै बस्नेतले स्थानीय तहले विद्यालय शिक्षा सञ्चालन गर्न नसक्ने बताएका हुन् ।
स्थानीय तहलाई विद्यालय शिक्षा सञ्चालनको जिम्मा दिनु भनेको प्रदेश तहलाई पंगु बनाउँदै लैजानु हो । यसलाई सच्याउनु पर्ने बस्नेतले बताए । जसपाले शिक्षा विधेयकबारे शुक्रबार विज्ञप्ति जारी गरी संघीयताको मूल्य मान्यता र सिद्धान्तको अनुकूल हुने गरी विधेयक सच्याउनु पर्ने धारणा राखेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google