भीम रावलको अभियानमा लागेकाे भन्दै थप ५ जना एमालेबाट निष्कासनमा

दर्पण दैनिक २० माघ २०८१,२०:०५
post

काठमाडाैँ । नेकपा एमालेले अछामका पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य र प्रदेश सल्लाहकार परिषद् सदस्य रहेका पाँच जनालाई निष्कासन गरिएको हो ।

सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवर तथा प्रदेश कमिटी सदस्य जंगबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिए ।

प्रदेश कमिटीको पाँचौँ सचिवालय बैठकले पार्टीको विधानविपरीत विभिन्न गतिविधिमा संलग्न भएको देखिएकाले पाँच जनालाई निष्कासन गर्ने निर्णय भएको उनले जानकारी दिए । 

उनीहरू एमालेका पूर्वउपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानमा लागेपछि कारबाहीमा परेका हुन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९