कांग्रेस नेतृ तथा गण्डकी प्रदेश सांसद गौचनको निधन

दर्पण दैनिक २९ कार्तिक २०८१,१०:०६
post

काठमाडाैँ । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । उनको बुधबार राति काठमाडौंमा निधन भएको हो ।

बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । म्याग्दी घर भएकी उनी गण्डकी प्रदेशमा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् ।

केही दिन अघि उनी डेंगुबाट संक्रमित भएकी थिइन् । उनको मृत्युको कारण खुलेको छैन । परिवारका सदस्यले हृदयाघात भएको अनुमान गरेका छन् ।


 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: