राष्ट्रियसभाका दुई समितिमा माओवादी र एमालेका सांसद सभापति निर्वाचित

दर्पण दैनिक ३१ भाद्र २०८१,१२:४०
post

काठमाडौँ । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन् । उनी माओवादी निकट सांसद हुन् । 

त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा दाहाल निर्वाचित भएकी छन् । दाहाल एमालेकी सांसद हुन् । 

सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । 

विधायन व्यवस्थापन समिति सभापतिका लागि एकीकृत समाजवादीकी जयन्ती राई र तुलसा उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरे । 

सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने माया प्रसादको एकल उम्मेदवारी परेको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: