काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरेको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले पार्टीको संगठन विस्तारका क्रममा सातै प्रदेशमा प्रदेश समितिहरू गठन र विस्तार गरिएको बताए ।
रास्वपाले जिल्लास्तरमा संयोजक र उपसंयोजक हुने व्यवस्था गरेको छ भने निर्वाचन क्षेत्रमा क्षेत्रीय समिति हुने सांगठनिक संरचना छ ।
रास्वपाका अनुसार प्रदेश १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेश प्रदेशको सभापतिमा तपेश्वर यादव, बागमती प्रदेशको सभापतिमा अचुतम लामिछाने, गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनी प्रदेशको सभापतिमा देवराज पाठक, कर्णाली प्रदेश सभापतिमा धिरजबहादुर वली र सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट चयन भएका छन् ।