चितवन–२ मा कांग्रेसबाट जीतनारायण श्रेष्ठ उम्मेदवार

दर्पण दैनिक १६ चैत्र २०७९,१२:५२
post

काठमाडौं । नेपाली कांग्रेसले वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ को उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले चितवन–२ मा जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि देउवाले श्रेष्ठलाई बोलाएर उम्मेदवार बनाउने बताएका हुन् ।

उनी चितवनका जिल्ला अध्यक्ष हुन् । श्रेष्ठलाई चितवन–२ मा उम्मेदवार बनाउने निर्णय भएको र त्यहाँबाट आफू निर्वाचित हुने समेत श्रेष्ठले बताएका छन् ।

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनको तर्फबाट आफू साझा उम्मेदवार हुने पनि बताए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post