
काठमाडौं । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकबीच छलफल सुरू भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल सुरु भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
हिजो सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका उनले आज ठूला दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल छलफल राखेका हुन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा जारी बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेसमा प्रमुख सचेतक श्याम घिमिरे, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाकी सचेतक निशा डाँगीलगायत सहभागी छन् ।
संसद्को हिउँदे अधिवेशनअघि सभामुख घिमिरेले संसद सञ्चालन र यसको तयारीबारे विभिन्न दलका प्रतिनिधित्वहरूसँग छलफल जारी राखेका छन् । आइतबार पनि सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । संसद् अधिवेशन माघ १८ गते आह्वान भएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google