व्यक्तिगत सन्दर्भको अभिव्यक्तिलाई लिएर अभीष्ट पूरा गर्न खोजियो : प्रधानमन्त्रीको सचिवालय

दर्पण दैनिक २१ असार २०८०,१४:५८
post

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कुनै व्यक्तिका सन्दर्भमा दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक अभीष्ट पूरा गर्न खोजिएको भन्दै प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले प्रितम सिंहबारे दिएको अभिव्यक्तिको अपव्याख्या गरिएको जिकिर गरेका हुन् ।

'सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८० असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ, 'नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने नेपालका शुभेच्छुक सिंहले अनौपाचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईंजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदाशयता व्यक्त गर्दै आउनुभएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा सम्माननीय प्रधानमन्त्रीले प्रसंगवश उल्लेख गर्नुभएको प्रस्ट नै छ ।'

प्रचण्डपुत्री ज्ञानु दाहाल क्यान्सर संक्रमित भएर उपचारका लागि दिल्लीस्थित प्रितम सिंहकै घरमा बसेको प्रसंग उल्लेख गर्दै अगाडि भनिएको छ– 'घरमा पटक-पटक आउजाउ गर्दा भएका पारिवारिक संवादमा सिंहले व्यक्त गरेका विषयसमेत प्रधानमन्त्रीले कार्यक्रममा स्मरण गर्नुभएको हो । सम्बन्धको गहिराइलाई व्यक्त गर्न दिइएको भावनात्मक अभिव्यक्तिलाई बंग्याएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैंमा निरर्थक र दु:खद् छ ।'

Vianet communication
यही विषयलाई लिएर गरिएको संसद् अवरोधका कारण मिटरब्याजीलाई कारवाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभई निस्क्रिय भएको छ र जसबाट मिटरब्याजपीडित लाखौं नेपाली किसानहरूको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले सोमवार आयोजित एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली समेत गएको भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरूले बुधवार प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका थिए । एमालेले संसद्‌बाटै प्रधानमन्त्रीको राजीनामा समेत मागेको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९