नाबालिगमाथि हिंसा गर्नेलाई सरकारले कारबाही नगरेको भन्दै बालेनको आपत्ति

दर्पण दैनिक १६ भाद्र २०८१,१९:४७
post

काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमाले सांसद रेखा शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको विषयमा प्रश्न गरेका छन् । प्रदेश सांसद रहेकी शर्माले दैनिक रुपमा ती बालिकालाई कुटपिट समेत गर्दै आएको बताउँदै मेयर बालेनले २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै आपत्ति जनाएका हुन् । 

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ,’ मेयर बालेनले भनेका छन्, ‘दैनिक रुपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन ।’ मेयर बालेनले अदालतले पनि मुुदा् चाउन भनेको व्यहोरा समेत सार्वजनिक गरेका छन् । 

उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै अघि भनेका छन्, ‘सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँशु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला ।’ 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९