काठमाडौं । आठ दलीय गठबन्धनले फागुन २४ मा राखेको सांसदहरुको भेला स्थगित गरेको छ । निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरुको भेला रोकिएको हाे ।
संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन आठ दलले बोलाएका थिए । आचार संहिता १७ फागुन देखि ५ चैतसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ ।
आठ दलीय कार्यदलले गरेको निर्णय अनुसार संघीय प्रदेशका सांसदको छुट्टाछुट्टै अभिमुखिकरण गरिसकेको छ । बिहीबार संघीय सांसद र शुक्रबार प्रदेश सांसदलाई शीर्ष तहका नेताहरुले अभिमुखीकरण गरेका थिए ।