काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरीले हार्नेहरूले आत्मसमर्पण गर्ने हो भन्दै अभिव्यक्ति दिएकी छन् । आज सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदै छन् । नागरिक उन्मुक्तिले मत नदिए उनले प्रदेशसभाको विश्वास पाउने अवस्था छैन ।
आफ्नो माग पूरा नगरे मत नदिने सो पार्टीका प्रदेशसभा सदस्यहरूले बताइरहेका छन् । त्यसैतर्फ इंगित गर्दै उनले आफ्ना सांसदहरूको फोटोसहित सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेकी हुन् ।
'हार्नेहरूले हो आत्मसमर्पण गर्ने ! योद्धाहरू त सहिद भएर मर्छन्, तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र ? तर, एकै देशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक उकालो होइन, ओरालोतिर लाग्छ,' उनले लेखेकी छन्, 'देश मागेर विद्रोह हाम्रो माग होइन, मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य हो । हिजो आयातितले बजार धान्थे, आज हामी आफैँ सक्षम छौँ ।'