काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएका छन् । सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली जनताको मिहिनेत र बलमा प्राप्त परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको बताए । नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्न पहल नगरे देश दुर्घटनामा जाने पनि उनले बताए ।
पुराना पार्टीहरूको भन्दा राम्रो विचार, राम्रो एजेन्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आए उनीहरूलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको उनको भनाइ छ । तर, अहिलेको स्थ्तििमा त्यस्ता पार्टी र राजनीतिक दलहरू नरहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले सुशासन, समृद्धि, सामाजिक न्यायका पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेकामा उनले जोड दिए ।
“आम नेपाली जनताको मिहिनेत र बलमा प्राप्त भएको यो परिवर्तन अहिले विचारको आवश्यकता पनि महसुस नगर्ने, सिद्धान्त र राजनीतिक एजेन्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने जो प्रवृत्ति देखिएको छ, हामीले आफ्नो आत्मसमीक्षा गरेर फेरि एउटा नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने, मैले कहिलेकाहीँ भन्ने गर्दछु– हाम्रोभन्दा राम्रो विचार लिएर आउने कोही छ भने, हाम्रोभन्दा धेरै त्याग तपस्या गरेका दलहरू कोही अघि आउने, हाम्रोभन्दा राम्रो एजेन्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने हामीलाई तिनीहरूलाई सम्मान गर्न, तिनीहरूको लागि ठाउँ छोड्दिन केही गाह्रो छैन । तर, म हजारौँपटक विचार गर्छु– त्यस्तो स्थिति छैन,' उनले भने, हामीले अलिकति पनि हेलचेक्र्याइँ गर्ने हो भने यो सिस्टम मात्रै होइन, यो देशकै भविष्य अहिलेको विश्व राजनीतिक परिवेशलाई हेर्दा पोलराइजेसनको जो प्रक्रिया जुन दुनियाँमा चलिरहेको छ, त्यसलाई हेर्दा र त्यसभित्रै जस्ता प्रवृत्ति र अराजकता देखिँदै छ, त्यसलाई हेर्दै गर्दा हामीले हेलचेक्र्याइँ गर्ने हो भने देशकै भाग्य भविष्य दुर्घटनामा पर्ने देखिन्छ । मैले नयाँ संकल्पका साथ अहिलेको प्रधानमन्त्रीलाई लिएको छु । सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता छ । यहाँ सामान्य सुधारद्वारा समस्याको हल हुने देखिँदैन ।'
संघीय शिक्षा ऐन मन्त्रिपरिषद्मा छलफल गरी मन्त्रिपरिषद्कै समितिमा पठाइसकेको उनले उल्लेख गरे । केही दिनभित्रै त्यो संसद्मा प्रस्तुत गर्ने प्रतिबद्धता उनले जनाए ।उनले विश्वविद्यालय ऐनको पनि आवश्यकता रहेकाले त्यसको तयारीमा लाग्ने पनि बताए । उनले गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउने काम अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google