नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई छाडिए आफूहरू हेरेर मात्रै नबस्ने रवि लामिछानेकाे चेतावनी

दर्पण दैनिक २७ बैशाख २०८०,०९:५९
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ठूला नेता र तिनका सन्तानलाई छाडियो भने आफ्नो पार्टीले हेरेर मात्रै नबस्ने बताएका छन् । 

लामिछानेले सामाजिक सञ्जालमार्फत उक्त प्रकरणमा मुछिएकालाई छाड्न खोजिए रास्वपा हेरेर मात्रै नबस्ने बताए । उनले लेखेका छन्, 'खबरदार,  अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको ‘जगजाहेर ताण्डव’लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन । यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला ।'

लामिछानेले शीर्ष नेताहरुको तीव्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्कविहीन र नाम आएकाहरुमाथिको अनुसन्धान फितलो देखिएको उल्लेख गरेका छन् । उनले सोधेका छन्, 'प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !!'

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९