काठमाडौं । नेकपा (एमाले) धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित भएका छन् । बिहीबार आएको मतपरिणाम अनुसार अध्यक्षका प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीलाई हराउँदै त्रिपाठी निर्वाचित भएका हुन् । त्रिपाठीले ३०९ मत ल्याउँदा अधिकारीले २३८ मत ल्याए ।
त्यस्तै, उपाध्यक्षमा अर्जुन श्रेष्ठ (गोर्खाली) विजयी भएका छन् । गोर्खालीले ३१५ ल्याए भने प्रतिद्वन्द्वी रामकुमार आचार्यले २३२ मत ल्याए । सचिवमा राधिका सापकोटाले ३३८ मत ल्याउदा उनका प्रतिद्वन्द्वी हरिराम लोहनीले २०९ मत प्राप्त गरेका छन् ।
महिला उप–सचिवमा उर्मिला रेग्मीले बाजी मारिन् । उनले ३५१ ल्याउँदा खुपीकुमारी तामाङले १९६ ल्याइन् । खुल्ला उपसचिवमा भक्तबहादुर लामिछानेले ३४८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी काजी श्रेष्ठले १९९ मत प्राप्त गरे । गत माघ २१ गते बिहान बन्दसत्रको समय सुरु हुनै लाग्दा विवादपछि नवौँ अधिवेशनको प्रक्रिया स्थगित भएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google