अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हमाल, यी हुन् अरू पदाधिकारी

दर्पण दैनिक २७ चैत्र २०७९,१०:१३
post

काठमाडाैं । नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हमाल निर्विरोध निर्वाचित भएकी छन् । 

यस्तै समितिको उपाध्यक्षमा शर्मिला कार्की र विमला राई पौडेल चयन भएका छन् । महासचिवमा पेम्वा लामा निर्विरोध निर्वाचित भएकी छन् । 

अध्यक्षका लागि एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री थममाया थापाकाे दाबी थियाे । यस्तै महासचिवमा केन्द्रीय सदस्य सुजिता शाक्यकाे दाबी थियाे । 

पार्टीका विभिन्न पदमा रहेकाहरूलाई दाेहाेराे जिम्मेवारी नदिने निर्णय भएपछि अनेमसंघमा नयाँ अनुहारले स्थान पाएका बताइएकाे छ । 

निर्वाचित पदाधिकारीहरूलाई आज बिहान ११ बजे एमाले पार्टी कार्यालय च्यासलमा शपथ समाराेहकाे आयाेजना गरिएकाे छ । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: