एकीकृत समाजवादीको महाधिवेशन : राजेन्द्र राईको फरक मत

दर्पण दैनिक १८ असार २०८१,१५:०७
post

काठमाडौं । नेकपा (एकीकृृत समाजवादी)का सचिव राजेन्द्र राईले फरक मत राखेका छन्। उनले जारी महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, झलनाथ खनालको नेपाली समाजवादी कार्यक्रमको प्रस्तावमा फरक मत राखेका हुन् ।  एकीकृत समाजवादीले यसपटक समाजवादी क्रान्तिको कार्यक्रम अघि सारेको छ । उनले फरक मत राख्दै जनताको बहुदलीय जनवाद (जबज)को अ‍ौचित्य समाप्त नभएको जिकिर गरेका छन् । 

“जबजका १४ वटा थप विशेषताहरू र जबजले विभिन्न विषय/शीर्षकमा अगाडि सारेका मान्यतामध्ये अहिले पनि र अझै पनि धेरैको सान्दर्भिकता समाप्त भएको छैन, पढे हुन्छ,” दस्तावेजमा राईले भनेका छन् । 

उनले एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा समाजवादको आधार तयार गर्नका लागि जनताको बहुदलीय जनवादी कार्यक्रममा आधारित भएर आर्थिक सामाजिक रूपान्तरणका कार्यहरू अघि बढाउनु अहिलेको मुख्य कार्यभार भएको उल्लेख गरेका छन् । त्यसलाई थप समृद्ध गर्दै अघि बढ्नुपर्ने उनको धारणा छ । 

उनले संगठन सुधारको संसदीय दलभित्र चुनाव गरेर नेता छनोट गर्ने प्रचलन र प्रक्रिया बन्द गरिनुपर्ने सुझाव राखेका छन् । “संसदीय दलको नेता छनोट सर्वसम्मत हुने अवस्थामा संसदीय दलबाटै छनोट गर्न सकिन्छ तर, विवाद भएको अवस्थामा बहुमत, अल्पमत मापन गरेर वा चुनाव गरेर दल नेता छनोट गर्न पाइँदैन/गर्न दिइनुहुँदैन,” उनले भनेका छन् । 

उनले प्रचुर उत्पादनबिना समाजवाद सम्भव नभएको भन्दै केही प्रश्न पनि उठाएका छन् । विवादको अवस्थामा पार्टीको केन्द्रीय कमिटीको निर्णयबाट दलको नेता छनोट गरिनुपर्ने सुझाव उनको छ । सबै संसदीय दललाई सर्वसम्मतिले नेता छनोट गर्ने समय सीमा केन्द्रीय कमिटीले तोकी दिनुपर्ने र तोकेको समयभित्र सर्वसम्मतिले दल नेता छनोट हुन नसके केन्द्रीय कमिटीले दल नेता छनोट गरिदिनुपर्ने धारणा राईको छ । 

त्यस्तै, उनले गठबन्धनको सरकारमा सहभागी हुने वा नहुने भन्ने कुराको निर्णय पार्टी केन्द्रीय कमिटीले गर्नुपर्ने बताए । पार्टी र जनवर्गीय संगठनको अन्तर सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा जननेता मदन भण्डारी र पुष्पलाल श्रेष्ठले अघि सार्न भएको अवधारणालाई मात्र कार्यान्वयनमा ल्याउन सकियो भने धेरै ठीक हुने उनको भनाइ छ । 

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: