
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा सामान्य छलफल भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको भेटमा देश र पार्टीको पछिल्लो स्थितिबारे छलफल भएको उनले बताए ।
‘अहिले देशको स्थिति र पार्टीको स्थितिबारे सामान्य कुराकानी भयो। हाम्रा सोच दृष्टिकोणबारे समान्य छलफल भयो,’ रावलले भने, ‘अब फेरि छलफल गरौं भन्नुभएको छ ।’
धेरै लामो समयपछि आफूहरुबीच भेटवार्ता भएको भन्दै उनले भने, ‘उहाँ पार्टीको अध्यक्ष देश विदेशको धेरै जानकारी सूचना हुन्छ म पनि अध्ययन गर्ने मान्छे आफ्ना विचारहरुको बारेमा कुराकानी भयो । फेरि छलफल गरौं भन्नेमात्र भयो ।’
चितवनमा भएको १०औं महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिएका रावल त्यसयता च्यासल पुगेका थिएनन् । आफूसँग प्रतिस्पर्धा गरेपछि रुष्ट बनेका ओलीले उनलाई एमालेबाट किनारा लाउन खोजेका थिए । २०७९ मंसिरको चुनावमा टिकटसमेत नदिएपछि पार्टी छाड्ने आकलन गरिएपनि रावल एमालेमै थिए ।
आफ्ना कटु आलोचक रावलसँग ओलीको यो संवादलाई एमालेवृत्तमा सकारात्मक सन्देशको रुपमा चर्चा गर्न थालिएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)
























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google