काठमाडाैं । सत्ता गठबन्धनले साझा कार्यक्रम तय गर्न कार्यदल गठन गरेको छ । गठबन्धनमा रहेका हरेक दलबाट दुई दुई जना सदस्य रहने गरी कार्यदल गठन गरिएको हो । कार्यदलको पहिलो बैठक आइतबार सिंहदरबारमा बसेको छ । बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको छ ।
कार्यदलमा एमालेबाट विष्णु पौडेल र विष्णु रिमाल, माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल तथा एकीकृत समाजवादीबाट प्रमेश हमाल र घनश्याम भुसाल छन् । जसपाबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ कार्यदलमा रहेका छन् ।