मोहन वैद्य र धर्मेन्द्र बास्तोलाकाे पार्टी एकीकरण गर्दै

दर्पण दैनिक २३ चैत्र २०७९,१४:४७
post

काठमाडाैं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)बीच एकता हुने भएको छ । एकताको तयारी केही महिनाअघिदेखि भइरहेकाे थियाे । आगामी १८ वैशाखमा एकता घोषणा गर्ने सहमति जुटेको छ । त्यसका लागि भोलि (२४ चैत) मा पत्रकार सम्मेलन गरेर यी दुई पार्टीले जानकारी दिन लागेका छन् ।
 
बास्तोला नेतृत्वको नेकपा बहुमत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजित भएको  हो । बास्तोला र हेमन्तप्रकाश ओलीले विप्लवको चुनावी रणनीतिप्रति असहमति जनाउँदै गत वर्ष नयाँ पार्टी बनाएका थिए । हुन त, बास्तोला नेतृत्वको नेकपा बहुमतका नेताहरु पहिला वैद्य  नेतृत्वको माओवादीमै थिए ।

प्रचण्ड नेतृत्वको एकीकृत माओवादी विभाजन हुँदा यी सबै नेताहरु वैद्यको नेतृत्वको  नेकपा–माओवादीमा आवद्ध भएका थिए । वैद्य नेतृत्वको माओवादी विप्लवको नेतृत्वमा विभाजित हुँदा बास्तोला र ओलीसहितका नेताहरु विप्लवसँगै गएका थिए । केही वर्षसँगै काम गरेका भए पनि गत वर्षदेखि छुट्टिएका उनीहरु पुरानै घरमा फर्किन लागेका हुन् । 

दुई पार्टीबीच  एकताका क्रममा अध्यक्ष कसलाई बनाउने भन्ने चाहिँ सहमति जुटिसकेको छैन । अध्यक्ष मण्डल बनाउने अनौपचारिक सहमति  भएको थियो । तर, उक्त विषयमा प्रष्टता नभएपछि तत्काल वैद्यलाई नेतृत्व स्वीकार गर्दै थप छलफल गर्दै गर्ने सहमतिपछि एकता हुन लागेको नेकपा बहुमतका एक नेताले जानकारी दिए । नेकपा बहुमतको संयोजक बास्तोला रहेका छन् ।

पहिला बास्तोला वैद्य नेतृत्वको माओवादीमा पोलिटब्युरो सदस्य थिए । माअ‍ोवादीमा हुँदा विदेश विभागमा रहेर  काम गरेका बास्तोलालाई अध्यक्ष मण्डलमा स्वीकार गर्न वैद्य नेतृत्वको माओवादीका  नेताहरु तयार  देखिएका छैनन् ।  उनीभन्दा सिनियर नेताहरु सीपी गजुरेल,  हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देलगायतका नेताहरु  रहेका छन् ।

 त्यसले गर्दा, पनि नेतृत्वमा तत्काल सहमति जुट्ने संभावना कम रहेको छ । त्यसो त, वैद्य माओवादीमा रहेका रामसिंह श्रीषले पनि बास्तोलालाई नेता स्वीकार्न तयार नरहेको बताइन्छ ।  सोही  कारण नेतृत्वको विषयमा पछि छलफल  गर्ने भन्दै तत्काललाई एकता घोषणा गर्ने सहमति जुटेको हो ।
      

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: