२ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन : रवि लामिछाने

दर्पण दैनिक २७ चैत्र २०७९,०७:२७
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले भ्रष्टलाई राख्ने, जोगाउने तथा पाल्ने काम नगर्ने बताएका छन् । पैसाको लेनदेनको कुरा मात्र गर्दा पनि आफूहरु नसहने लामिछानेको भनाइ छ । पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि लामिछानेले सामाजिक सञ्जालमा यस्तो सन्देश लेखेका छन् । 

लामिछानेले आइतबार बेलुकी सामाजिक सञ्जालमा लेखेका छन्– ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने,जोगाउने, पाल्ने पार्टी होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौँ ।  कडाभन्दा कडा कारबाही गर्छौँ। बेथितिको बचाउ गर्दैनौँ बरु उदाङो पारी दण्डित गर्छौँ । २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ । हो पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ, तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन। रगत पसिना बगाएर हामीले बनाएको पार्टी हो, आँधी हुरी सुनामी छेक्न सक्नु पर्छ । अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाइँदै छ । दैनिक १८ घण्टे चुनावी दौडले हल्का थाकेको छु । आज अलि चाँडै सुत्छु । आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ । थप कुरा भोलि ।

रास्वपा सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री आफ्नो पार्टीले पाउन लागेको र आफू मन्त्री बन्न लागेको भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड मागेको उक्त अडियोमा सुनिन्छ । 

उनले उक्त रकम सभापति लामिछानेको कोर टिमका सदस्यले मागेको पनि अडियोमा बताएका छन्। ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २/३ जना साथी हुनुहुन्छ । उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन्,’ अडियोमा श्रेष्ठले भनेको सुनिन्छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९