काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपाल सम्वद्ध समाजवादी ट्रेड युनियन महासङ्घले प्रदेशस्तरिय इन्चार्ज तोकेको छ । शुक्रबार बालकुमारीमा बसेको बैठकले कोसी प्रदेशको इन्चार्जमा यज्ञ राई, मधेस प्रदेशको इन्चार्जमा विन्देश्वर राय यादव, बागमती प्रदेशको इन्चार्जमा सुरेश मोक्तान, गण्डकी प्रदेशको इन्चार्जमा पूर्ण मोक्तान, लुम्बिनी प्रदेशको इन्चार्जमा रामबिलास यादव, कर्णाली प्रदेशको इन्चार्जमा सोनाम लामा र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा बलराम चौधरीलाई तोकेको हो ।
बैठकले जिम्मेवारी प्राप्त इन्चार्जले असोज २५ गतेभित्र प्रदेश समिति गठन, पुनर्गठन गर्नुपर्ने निर्णय गरेको छ । साथै बैठकले मधेस प्रदेशको अध्यक्षमा उदयचन्द्र मिश्रलाई चयन गरेको छ ।
महासङ्घ अन्तर्गतका १५ वटै घटक सङ्गठनहरु कार्तिक मसान्तसम्म गठन, पुनर्गठन गरिसक्नु पर्ने समेत बैठकमा निर्णय भएको छ ।
साथै बैठकले मजदुर जिल्ला विशेष समितिको अध्यक्षमा गोविन्द तामाङलाई मनोनयन गरेको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् बौद्धिक पेसाकर्मी तथा ट्रेड युनियन महासंघ संयुक्त संयन्त्रका प्रमुख रणध्वज कन्दङ्वाको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रशिक्षण, सदस्यता वितरण तथा जिल्ला प्रतिष्ठानसम्म संगठन विस्तारको योजना बनाएको महासंघका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google