विपक्षी दलको नेतालाई जोडेर विचार व्यक्त हुनु उचित हाेइन् : प्रधानमन्त्री प्रचण्ड

दर्पण दैनिक १३ जेष्ठ २०८०,१८:१०
post

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको जलहरीको विषयमा विपक्षी दलको नेतालाई जोडेर विचार व्यक्त हुनु उचित नभएको बताएका छन् ।

शनिबार संसद बैठकको सुरुमा जलहरीबारे सरकारकाे धारणा प्रष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले जलहरीको बारेमा अख्तियारमा छानबिन चलिरहेकाले सरकारले छानबिनमा सघाउने बताए । 

‘पशुपतिनथाको जलहरीको बारेमा सदनमा प्रश्न उठेको छ । पशुपतिनाथको जलहरीको क्षेत्राधिकार पशुपति क्षेत्रविकास कोषको हो । जलहरीका केही विषयबारे अख्तियारमा छानविन भैरहेको छ । यस विषयमा अख्तियारलाई सरकारको सहयोग रहनेछ,’ उनले भने, ‘पशुपतिनाथको जलहरी विषयमा विपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुन उचित होइन । यस्ता विषय संसदबाट हटाउने प्रचलन पनि रहेकै छ । यति भनिसकेपछि मैले नीति तथा कार्यक्रममा जवाफ दिने कार्यक्रम आज नै रहेको छ बाँकी कुरा म त्यति बेलाने राख्ने छु ।’ 
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९