काठमाडौं । नेकपा एमालेले आज आयोजना गरेको जागरण सभाले वातावरण प्रदूषण भएको भन्दै काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना गराएको छ ।
काठमाडौं महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएका हुन् ।
‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१,००,००० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु,’ काठमाडौं महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले एमाले पार्टी कार्यालयका नाममा लेखेको पत्रमा उल्लेख छ ।
एमाले महासचिवले लगाए गम्भीर आरोप
काठमाडौं महानगरपालिकाले दरबारमार्गमा आयोजित नेकपा (एमाले)को जागरण सभाका क्रममा भएको फोहोरका लागि एक लाख जरिवाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन् ।
शुक्रबारको सभामा जरिवानाको पर्चा जारी गरिएको विषयमा महासचिव पोखरेलले मेयर बालेनलाई एमालेविरोधी गतिविधिमा सक्रिय भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘कार्यक्रम समापन भएपछि आयोजककै तर्फबाट फोहोर संकलन गरिंदै थियो । महानगरलाई फोहोर उठाउनका लागि सहयोग गर्न अनुरोध गरिएको थियो । तर, अनुरोध अस्वीकार गर्दै जरिवानाको प्रचार गरियो ।’
पोखरेलका अनुसार आयोजकका स्वयंसेवकहरूले फोहोर संकलन गरी गाडीमा राख्दै गर्दा महानगरले जरिवाना पर्चा जारी गरेको थियो । ‘कार्यक्रमस्थल सफा भइरहेको अवस्थामा पनि जरिवानाको पर्चा पठाइनुले मेयर बालेनको प्राथमिकता सरसफाइ नभएर प्रचारबाजीमा रहेको देखिन्छ,’ उनले लेखेका छन् ।
महासचिव पोखरेलले मेयर बालेनलाई जरिवानाको स्टण्टबाजी गरेको आरोप लगाउँदै यो कदम राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएका छन् । उनका अनुसार एमालेको जागरण सभा यस्ता गतिविधि विरुद्ध सचेतना फैलाउनका लागि आयोजना गरिएको थियो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)



















































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google