एनसेल खरिदबिक्री सरकार र राजनीतिक संलग्नताबिना असम्भव : भीम रावल

दर्पण दैनिक १९ मंसिर २०८०,१६:०४
post

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एनसेलको सेयर खरिदबिक्री सरकार र उच्च राजनीतिक संलग्नताबिना सम्भव नहुने दाबी गरेका छन् । सामाजिक सञ्जालमा अभिव्यक्ति सार्वजनिक गर्दै रावलले सरकारको स्वामित्वमा आउन नदिन कम्पनी विक्रीको नाटक गरिएको दाबी गरेका हुन् ।


‘एनसेलले ७० अर्ब बढी राजस्व नतिरेको मुद्दा चलिरहेकै बेला अर्बौँको घोटाला गर्नुका साथै कम्पनी सरकारको स्वामित्वमा आउन नदिन कम्पनी बिक्रीको नाटक गरिएको छ,’ रावलले लेखेका छन्, ‘यो सरकार र उच्च राजनीतिक संलग्नता बिना सम्भव हुन्ने देखिन्न ।’

‘सुशासन र राष्ट्रिय हित भनेको यस्तै हुन्छ ?’ भन्दै प्रश्न गर्दै रावलले छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: