राप्रपा राष्ट्रपतिको निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नहुने

दर्पण दैनिक १२ फाल्गुन २०७९,१७:४३
post

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टी कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक नहुने बताएका छन् ।

राष्ट्रपतिलाई मतदान गर्ने कि नगर्ने भन्ने विषयमा भने आगामी बैठकमा छलफल हुने उनले बताए ।

राप्रपाको कार्यसम्पादन समिति बैठकले गरेको निर्णयबारे जानकारी दिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

आगामी चैत १८ गतेदेखि केन्द्रीय कार्य समितिको बैठक सुरु हुने पनि उनले बताए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: