
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतीहरुको सामाना गर्नुपरेको उल्लेख गर्दै अस्थिरताका कारण सोचेअनुरुपको विकास हुन नसकेको बताए ।
उनले दुर्गम गाउँहरुमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । अध्यक्ष दाहालले नेपाल प्राकृतिक स्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश रहेको पनि बताए । उनले भने, ‘हामी सबैलाई थाहा छ, नेपाल प्राकृतिक स्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश हो ।
वैभवशाली प्राकृतिक स्रोत साधन, सांस्कृतिक विविधता र मिहिनेती, स्वाबलम्बी एवं परिश्रमी मानिसहरुले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश पनि हो । तर साँचो समृद्धिको बाटो भने सहज छैन । हामीले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतिहरुको सामना गरेका छौं । जसले हाम्रो देशको समृद्धिमा सोचेअनुसार काम भइरहेको छैन । 'अध्यक्ष दाहालले अनुभव, अन्तरदृष्टि र उत्कृष्ट अभ्यासलाई साझा र सामूहिक गरेर मात्रै समुन्नत र समतामुलक नेपाल निर्माण गर्न सकिने बताए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google