एमाले अध्यक्ष ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठ लक्षित दिएकाे अभिव्यक्तिप्रति रास्वपाको आपत्ति

दर्पण दैनिक २३ जेष्ठ २०८१,१३:२८
post

काठमाडौं । शिक्षामन्त्री समेत रहेकी सांसद सुमना श्रेष्ठलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिव्यक्तिमार्फत अपहेलना गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदनमा आपत्ति जनाएको छ ।  

प्रतिनिधिसभाको आजको बैठकमा रास्वपा सांसद शिशिर खनालले एमाले अध्यक्ष ओलीलाई लामो समयदेखि नेपाली राजनीति केका लागि गरेको भन्दै प्रश्न गरे । उनले संविधानले दिएको अधिकार प्रयोग गरेर देशको नेतृत्व गर्न नपाइने हो भन्दै प्रश्न गरेका छन् । 

'विदेशमा उच्च शिक्षा हासिल गरेकी एक महिला नेतृ दश वर्षअघि देश फर्किइन् । भूकम्पको बेला औषधि लिएर गाउँ पुगिन् । नाकावन्दीका बेला सडकमा हिँडिरहेका मान्छेलाई यात्राको सुविधा प्रवाह गरिन्,' खनालले संसद्को शून्य समयमा भने, 'उद्यममार्फत रोजगारी सिर्जना गरिन् । पछि राजनीतिमा आइन् । आज मन्त्री भइन् । उनलाई भर्खर घुम्दाघुम्दै आएर मन्त्री बनेको छ भनिन्छ, कहिले लुगामा टिप्पणी, कहिले समानुपातिक सांसद भनेर होच्याउने गरिन्छ । कहिले यही सभा हलभित्र कहिले बन्द कोठाभित्र ।'
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९