
ललितपुर । आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर १ का नेकपा एमाले उम्मेदवार चेतनाथ सञ्जेल चुनावी घरदैलोका क्रममा गोदावरी नगरपालिका वडा नम्बर ७, देवीचौर पुगेका छन् । घरदैलोका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार सञ्जेलसँग विकास र रोजगारीका विषयमा प्रश्न गर्दै आफ्ना अपेक्षाहरू राखेका छन् ।
सोमबार देवीचौरबाट आफ्नो क्षेत्रको घरदैलो अभियान सुरु गरेका सञ्जेलसँग स्थानीयले भोट दिनुपर्ने स्पष्ट कारण सोधेका थिए। उनीहरूले मुख्य रूपमा गाउँको विकास र युवाहरू वैदेशिक रोजगारीमा जाने बाध्यकारी परिस्थितिको अन्त्य गर्न आग्रह गरे ।
स्थानीयका मुख्य मागहरू :
गाउँमै रोजगारी: युवाहरूलाई विदेश जान नपर्ने गरी स्थानीयस्तरमै अवसर सिर्जना गर्नुपर्ने।
पर्यटन र होमस्टे: देवीचौरमा पर्यटन प्रवर्द्धन गर्दै होमस्टे (घरवास) सञ्चालनलाई प्राथमिकता दिनुपर्ने।
आधारभूत सुविधा: खानेपानीको सर्वसुलभ पहुँच, सडक र यातायातको स्तरोन्नति।
स्थानीय उम्मेदवारको खोजी: पटक-पटक देखिने अनुहारभन्दा भूगोल बुझेको र यहीँ बसेर काम गर्ने उम्मेदवारलाई जिताउने चाहना ।
दुबईमा ८ वर्ष काम गरेर फर्किएका हिमाल लामा आफ्नै देशमा बसेर काम गर्ने वातावरण हुनुपर्ने बताउँछन् । उनले भने, 'भूगोल चिन्ने मान्छेले मात्र समाजको विकास गर्न सक्छ। सधैँ एउटै उम्मेदवार कति छान्ने? यही भेगमा बस्नेले मात्र यहाँको पीडा बुझ्न सक्छ। नयाँ आउँदैमा सबै राम्रो हुन्छ भन्ने छैन, तर काम गर्ने प्रतिबद्धता चाहियो ।' त्यस्तै, ६७ वर्षका प्रेम बहादुर थिङ होमस्टेमार्फत गाउँको मुहार फेर्न सकिनेमा विश्वस्त छन् । उनले भने, 'हाम्रो गाउँमा होमस्टे सञ्चालन गर्न पाए धेरैले रोजगारी पाउँथे । यसका निम्ति पहल गरिदिनुहोस् ।'
सञ्जेल घरदैलोका क्रममा बिरामी र वृद्धवृद्धाहरूसँग पनि भेटघाट गरेका थिए। शरीर सुन्निने व्यथाले थलिएकी साँहिली लोप्चनले आशीर्वाद दिँदै भनिन्, 'म जस्तै बिरामीले सजिलै र सस्तोमा उपचार पाउने व्यवस्था राज्यले गरिदेओस्। तपाईं विजयी भएर धेरै बिरामीको औषधि बन्नुहोस् ।' दमको रोगबाट पीडित बद्रीप्रसाद तिमल्सिनाले पनि सञ्जेलको सादगी जीवनको प्रशंसा गर्दै उनले देवीचौरको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे ।
घरदैलोका क्रममा सञ्जेलले आफू यहीँको बासिन्दा भएको र भूगोलको समस्यासँग परिचित रहेकाले विकास निर्माणमा अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गरेका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google