रास्वपा मधेस संस्थापक सभापति शर्माले दिइन् राजीनामा

दर्पण दैनिक ६ फाल्गुन २०८२,०९:३८

'आर्थिक अनियमितता र विधि मिचिएको' आरोप

post

काठमाडौं, फागुन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मधेस प्रदेश संस्थापक सभापति एवं केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी छन्।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा राजीनामा बुझाउँदै शर्माले पार्टीभित्र मौलाएको विधि र विधान विपरीतका क्रियाकलाप, आर्थिक अनियमितता र कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेकी हुन्। २०७९ साउनदेखि पार्टीमा सक्रिय रहेकी उनले नेतृत्वले स्थापनाकालीन मूल्य-मान्यता कुल्चिएको आरोप लगाएकी छन्।

राजीनामाका मुख्य बुँदाहरू:

आर्थिक अनियमितताको आरोप: पार्टीका पछिल्ला निर्णयहरू आर्थिक अनियमितताबाट प्रेरित भएको र त्यसको साक्षी बस्न नसक्ने शर्माको जिकिर छ।

विधि र विधानको उल्लंघन: संगठनमा अहोरात्र खटिने योग्य कार्यकर्ताको मूल्यांकन नभएको र विधान विपरीतका कार्यहरू भइरहेको उनले बताएकी छन्।

निर्वाचन प्रक्रियामा असन्तुष्टि: आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि पार्टीले अपनाएको पद्धति र निर्णय प्रक्रिया रास्वपाको मूल नारा 'जान्नेलाई छान्ने' भन्दा ठिक विपरित रहेको उनको दाबी छ।

शर्माले राजीनामा पत्रमा लेखेकी छन्, "संगठनमा दिनरात खटिएका क्षमतावान् घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको र पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएकोले मेरो आत्मसम्मान र राजनीतिक मूल्यमाथि आँच पुगेको छ।"

बारा निवासी शर्मा रास्वपाको मधेस प्रदेश संगठन विस्तारमा सुरुवाती चरणदेखि नै महत्त्वपूर्ण भूमिकामा थिइन्। रास्वपाले "राजनीतिमा युवा पुस्ता" र "स्वच्छ छवि" को नारा दिए पनि व्यवहारमा त्यसको उल्लंघन भएको भन्दै पछिल्लो समय पार्टीभित्र आन्तरिक कलह बढ्दै गएको देखिन्छ।

शर्माको बहिर्गमनलाई मधेस प्रदेशमा रास्वपाको संगठनका लागि एक ठूलो धक्काका रूपमा हेरिएको छ। यसबारे पार्टी केन्द्रले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: