पहिलाे पटक नेपाल भ्रमणमा आउँदै कतारका राजा, राष्ट्रपतिले विमानस्थलमै स्वागत गर्ने

दर्पण दैनिक ११ बैशाख २०८१,०७:२४
post

काठमाडौं । आज कतारका राजा नेपाल आउँदैछन् ।  मंगलबार साँझ ५ः३५ मा काठमाडौं आइपुग्ने कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई सफल पार्न सरकारी संयन्त्रहरू आवश्यक तयारीमा जुटेका छन् ।

कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्षपछि कतारबाट उच्चस्तरीय भ्रमण हुन लागेको हो । पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका कतारी अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्ने जनाइएको छ ।

कतारबाट पहिलोपटक उच्चस्तरीय भ्रमण हुन लागे पनि नेपालबाट भने पटकपटक उच्चस्तरीय भ्रमण भइसकेका छन् । सबैभन्दा पहिला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले १९९८ मा कतारको भ्रमण गरेका थिए । त्यसपछि २००५ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले कतारको भ्रमण गरेका थिए भने राष्ट्रपति रामवरण यादव र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कतारको भ्रमण गरेकी थिइन् ।

अमिरको भ्रमणका अवसरमा गरिने सम्झौता तथा समझदारीका लागि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताए । उनले कतारसँग गरिने सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षरबारे तयारी भइरहेको जानकारी दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बेलुका रात्रिभोजको आयोजना गर्नेछन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारी अमिरबीच द्विपक्षीय वार्ता हुनेछ । सो वार्ताका क्रममा केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनसक्नेसमेत जनाइएको छ ।  यसैबीच कतारका राजाकाे नेपाल भ्रमणकाे अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएकाे छ । सरकारकाे याे निर्णयकाे भने सामाजिक संजालमा व्यापक विराेध भइरहेकाे छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: