देश गम्भीर अवस्थामा पुग्दा पनि अल्पमतमा परेका प्रधानमन्त्री संविधानको प्वाल खोज्दै हुनुहुन्छ : ठाकुर गैरे

दर्पण दैनिक २५ असार २०८१,१२:१०
post

काठमाडौँ । एमालेका सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक सेकेन्ड पनि सरकारमा बस्न नमिल्ने जिकिर गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अल्पमतमा परेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने गरे । देशमा बाढी पहिरोको जोखिम बढेको बेला मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्न प्रधानमन्त्रीले संविधानको छिद्र खोजेको भन्दै गैरेले आपत्ति जनाए ।

‘सरकार घोर अल्पमतमा परेको छ । देश गम्भीर अवस्थामा पुग्दा पनि प्रधानमन्त्री संविधानको प्वाल खोज्दै हुनुहुन्छ । अर्को सरकारलाई अस्थिरता, बेथिति, विभाजनतर्फ लैजान सकिन्छ कि भनेर प्रयत्न गर्दै हुनुहुन्छ’, उनले भने, ‘यही सदनमा पनि तर्क वितर्क गरिँदै छ । बहुमत गुमेको प्रधानमन्त्रीले सेकेन्ड पनि बस्ने अधिकार रहँदैन । देशमा आइपरेको विपद् व्यवस्थापन गर्न प्रधानमन्त्रीले सहजता प्रदान गर्नु राम्रो हुन्छ ।’

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९