उपेन्द्र यादवले जिते के हुन्छ, केपी ओलीले जिते के हुन्छ प्रदेशलाई हेरे थाहा हुन्छ : पूर्ण बस्नेत

दर्पण दैनिक २३ चैत्र २०७९,११:४३
post

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपेन्द्र यादवले जिते के हुन्छ  र केपी ओलीले जिते के हन्छ भन्ने कुरा प्रदेशलाई हेरे थाहा हुने बताएका छन् । बारा २ मा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'उपेन्द्र यादवले जिते के हुन्छ' भन्दै कटाक्ष गरेपछि बस्नेतले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘केपी ओलीले आज भाषण गर्ने क्रममा दर्जनौं पटक ‘मधेस प्रदेश’को नाम लिए त्यो नाम उपेन्द्र यादवको कारण सम्भव भएको हो । आफ्नो प्रदेशका जनतालाई मधेसी भन्नमा गौरव गर्ने बनाएको उपेन्द्र यादवले हो, बस्नेतले भने ।  

केपी ओलीले जितेर आएको प्रदेश अहिले अशान्त छ । आन्दोलित छ । त्यहाँका जनताले पहिचान र अधिकार मागिरहेका छन् । मान्छेहरु मरिरहेका छन् । यो कस्को कारणले हो, उनले सोधे ।  
मधेस प्रदेश नामकरण भएपछि मधेसमा उपेन्द्र यादवलाई जनताले सम्मान गरेका थिए । 

कोसी प्रदेश नामकरण भएपछि केपी ओली आफ्नो प्रदेशमा जान सक्ने स्थिति छैन । त्यहाँका जनताले सांसदलाई कालो झण्डा देखाउने र लखट्ने काम गरिरहेका छन्  । कस्ले जिते के हुन्छ भन्ने कुरा यसबाट प्रष्ट भइसकेको छ, बस्नेतले भने । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९