
काठमाडौं । एमालेले नेपाल कम्युनिट पार्टी (नेकपा) को इतिहास लेख्ने भएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा बनेको कार्यादलले २००६ सालमा स्थापना भएको नेकपाको विषयमा दस्तावेज तयार गर्न लागेको हो ।
कार्यदलमा सांसद तथा पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य विष्णु रिजाल र लेखकहरू शार्दुल भट्टराई र वासुदेव अधिकारी सदस्य छन् । कार्यदलले काम सुरु गरेको छ । सोही विषयमा आज अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको छ ।
कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा हिरक जयन्ती मनाउने निर्णय एमालेले गरिसकेको छ । सोही अवसरमा आधिकारिक इतिहास लेख्न लागिएको रिजालले जानकारी दिए ।
'हिरक महोत्सव मनाउने निर्णय भएको थियो । यो वर्ष विभिन्न काम गर्दै छ । कम्युनिस्ट आन्दोलनको आधिकारिक इतिहास लेखिएको छैन । विभिन्न समयमा केही व्यक्तिहरूले लेखेको त छुट्टै छ । त्यसैले हामी आधिकारिक दस्तावेज तयार गर्दै छौँ,' उनले भने ।
दस्तावेजमा २००६ सालमा स्थापन भएदेखिको विषय उल्लेख गरिने छ । 'एमाले नै २००६ सालको नेकपाको आधिकारिक उत्तराधिकारी हो । त्यो बेलापछि विभाजन, संसद् सरकारमा हाम्रो भूमिकालगायतको विषय समेट्ने छौँ,' रिजालले भने ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)






























































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google