भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको निधन

दर्पण दैनिक २७ भाद्र २०८१,१७:५१
post

काठमाडाैँ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । श्वासप्रश्वास नलीको संक्रमणको उपचार गराइरहेकाउनकाे ७२ वर्षको उमेरमा निधन भएको हाे ।

उनी करिब दुई सातादेखि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा श्वासप्रश्वास नलीको संक्रमणको उपचार गराइरहेका थिए ।

निमोनियाजस्तो छातीमा संक्रमण भएपछि उनलाई भदौ १९ गते अस्पताल भर्ना गरिएको थियो । उनको निधन भारतीय समयअनुसार, दिउँसो ३.०५ बजे  भएकाे बताइएकाे छ ।

येचुरी अगस्ट २९ सम्म सामाजिक सञ्जालमा सक्रिय थिए । येचुरी सन् १९९२ देखि सीपीएमको पोलिटब्यूरोको सदस्य थिए। यसअघि, उनी सन् २००५ देखि २०१७ सम्म पश्चिम बंगालबाट राज्यसभाको सांसद थिए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९