जम्मु काश्मिरमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु, ३३ घाइते

दर्पण दैनिक २८ जेष्ठ २०८१,०७:१८
post

काठमाडौँ । भारतको जम्मु काश्मिरमा तीर्थयात्री चढेको बसमा अन्धाधुन्ध गोली चल्दा ९ जनाको मृत्यु भएको छ । जम्मु काश्मिरको रियासी शिवखोरी जान तीर्थयात्री चढेको बसमा आइतबार भएको ‘आतङ्कवादी आक्रमण’मा परी अन्य ३३ जना घाइते भएका छन् ।

बस दुर्घटनाबारे एएनआईसँग कुरा गर्दै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रियासी मोहिता शर्माले दुर्भाग्यपूर्ण घटना रहेको भन्दै दुःख व्यक्त गरिन् । आतङ्ककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको शर्माले बताइन् ।

उनले घाइतेहरूको उद्धार गरी तत्कालै नरैनापुर र रियासी जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको बताइन् । घटनामा संलग्नको पहिचान हुन नसकेको पनि उनले बताइन् ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: