मोखा चक्रवात : म्यानमारमा ५ जनाको मृत्यु

दर्पण दैनिक १ जेष्ठ २०८०,०७:५०
post

काठमाडौं । बंगालको खाडीबाट विकसित भएको चक्रवातका कारण म्यानमार र बंगलादेशमा ठूलो क्षति पुगेको छ । म्यानमारमा कम्तिमा पाँच जनाको ज्यान गएको छ भने बंगलादेशमा हजारौं घरहरु ध्वस्त भएका छन् ।

तीव्र गतिको आँधीका कारण बंगलादेशको सेन्ट मार्टिन आइल्याण्डका १२ हजार घर र कोक्स बजार भन्ने स्थानमा रहेको रोहिंग्या शरणार्थी शिविरमा पनि करिब त्यति नै संख्यामा घरहरु ध्वस्त भएका बीबीसीले जनाएको छ ।

सबैभन्दा बढी प्रभावित कोक्स बजार भएको बंगलादेशका अधिकारीहरुले बताएका छन् । कोक्स बजारको शरणार्थी शिविरमा करिब १० लाख मानिसहरुको बसोबास छ ।

आँधी र भारी वर्षाबाट प्रभावितहरुलाई अस्थायी शिविरहरुमा राखिएको छ । बंगलादेश मौसम विज्ञान विभागका अनुसार तुफान बंगलादेशबाट गइसके पनि वर्षा अझै केही दिन जारी रहने छ । चक्रवातका कारण ठूलो आँधी र पानी पर्ने पूर्वानुमान सार्वजनिक भएलगत्तै बंगलादेशले ५ लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारेको थियो ।

विभागका अधिकारीहरुले प्रभावित भएकाहरु अब आ–आफ्नो घर जान सक्ने जनाएका छन् । तर आगामी २४ घण्टासम्म समुद्री किनारतर्फ भने नजान अधिकारीहरुले सल्लाह दिएका छन् ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: