![post](https://darpandainik.com/images/blog/665f02799318e_444481634_999124304893432_6833032497260987643_n.jpg)
नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौतले लोकसभा चुनावमा जितेकी छन् । रनौत हिमाचल प्रदेशको मन्डी लोकसभा सिटमा भारतीय जनता पार्टीबाट चुनावी मैदानमा थिइन् ।उनले ७३ हजार ७०३ मतको अन्तरसहित लोकसभा यात्रा तय गरिन् । कंगनासँग कांग्रेस प्रत्याशी विक्रमादित्य सिंह पराजित भए । विक्रमादित्य सिंह कांग्रेसका दिग्गज नेता एवम् पूर्व मुख्यमन्त्री वीरभद्र सिंहका छोरा हुन्।
कंगना रनौतले ५ लाख २७ हजार ४६३ मत ल्याइन् । विक्रमादित्य सिंहले ४ लाख ५३ हजार ७६० मत ल्याए । मन्डी सिटमा जम्मा १० प्रत्यासी थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google