विश्वका धेरै युवामाझ लोकप्रिय युट्युबर मिस्टर बिस्टले इन्गेजमेन्ट

दर्पण दैनिक १९ पुष २०८१,१२:५५
post

काठमाडाैँ । विश्वको सबैभन्दा प्रसिद्ध युट्युबर मिस्टर बिस्टले आफ्नी प्रेमिका थिया बोयसेनसँग इन्गेजमेन्ट गरेका छन् । उनले क्रिसमसको तस्बिर सेयर गरेका छन्, जसमा उनी आफ्नी प्रेमिकालाई घुँडा टेकेर प्रपोज गरिरहेको देखिन्छन् । 

२६ वर्षीय मिस्टर बिस्टको वास्तविक नाम जिमी डोनाल्डसन हो । ३४ करोड सब्सक्राइबर भएका उनी विश्वकै चर्चित युट्युबर हुन् ।

उनकी प्रेमिका थिया मूलतः दक्षिण अफ्रिकाकी हुन् । थियाको पनि थियाबिस्टी नामक युट्युब च्यानल छ, जसको करिब ४० हजार सब्सक्राइबर छन् । मिस्टर बिस्ट विश्वका धेरै देशमा बालबालिका र युवामाझ निकै लोकप्रिय छन् । 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: