भारतको दिल्लीमा सुरु भयो जी–२० सम्मेलन

दर्पण दैनिक २३ भाद्र २०८०,१९:१४
post

काठमाडौं । जी–२० सम्मेलन भारतको दिल्लीमा सुरु भएको छ । आज र भोली दुई दिन चल्ने सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरु भारत आइपुगेका छन् । 

सम्मेलनको पहिलो दिन २० देशका प्रमुखहरु एकै ठाउँमा बसेर विश्वको वर्तमान अवस्था र भविष्यका बारेमा छलफल गर्नेछन् । विशेष गरी जलवायु परिर्वतन, खाद्य सुरक्षा र गरिब राष्ट्रहरुको लागि सहायताबारे सम्मेलनमा छलफल हुने बीबीसीले जनाएको छ । 

सम्मेलनमा विश्वका दुई ठुला शक्ति राष्ट्र रुस र चीनका राष्ट्रपति भने उपस्थित भएका छैनन् । उनीहरुको तर्फबाट ती देशका प्रतिनिधिले सहभागिता जनाएका छन् । 

कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० देशका अन्य सदस्यहरुलाई स्वागत गरेका छन् ।

उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए ।

साथै उनले जी–२० सम्मेलनमा मोरक्कोमा गएको भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

जी–२० मा अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका आबद्ध छन् ।
 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: