काठमाडौँ । डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनको सडकमा आक्रमण भएको छ । आक्रमणबाट प्रधानमन्त्री स्तब्ध भएकी छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीलाई कुटपिट गरेका हुन् ।
बीबसीका अनुसार आक्रमणकारी पक्राउ परेका छन् । युरोपेली आयुक्त उर्सुला भोन डर लेयनले यसलाई घृणित कार्य भनेकी छन् ।
डेनमार्कका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस घटनाको विवरण दिएको छ ।
विज्ञप्तिमा भनिएको छ- शुक्रबार, कोपेनहेगनको कल्चरभेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेका हुन्। आक्रमणकारी पक्राउ परेका छन् । यो घटनाबाट प्रधानमन्त्री स्तब्ध भएका छन् ।
आक्रमणकारीसँग सोधपुछ भइरहेको तर आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google