काठमाडौं । बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । सेना प्रमुख वकार–उज–जमानले सञ्चारमाध्यमहरुलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बनाउने घोषणा गरेका हुन् । ‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग कुरा गर्नेछौं ताकि स्थिति समाधान गर्न सकियोस्’ उनले भनेका छन् ।
ढाका ट्रिब्युनका अनुसार उनले आन्दोलनको नाममा हुने सबै हिंसा बन्द गर्न आह्वान गर्दै विभेद विरोधी विद्यार्थी आन्दोलनका क्रममा भएका सबै मृत्युको नयाँ सरकारले न्याय सुनिश्चित गर्ने वाचा गरेका छन् । ढाका विश्वविद्यालयको कानुन विभागका प्रोफेसर आसिफ नजरुललाई विज्ञप्ति जारी गरी विद्यार्थीलाई आन्दोलन फिर्ता लिन अनुरोध गर्न भनिएको छ ।
जनरल वाकरले शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएर देश छाडेको बताएका छन् । उनले सेनाको मुख्यालयमा राजनीतिक दलसँगको बैठकमा अवामी लिगका कुनै पनि सदस्य नरहेको बताएका छन् । प्रधानमन्त्री हसिनाले सोमबार पदबाट राजीनामा दिएर देश छाडेकी छिन् । - बिबिसी
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google