ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्टमाथि मुद्दा दायर, सुनवाइ ९ महिना सर्याे

दर्पण दैनिक २० मंसिर २०८१,१५:२८
post

काठाडौं । अमेरिकामा बेपत्ता पारिएकी नेपाली नर्स ममता काफ्लेको हत्या अभियोगमा अन्ततः श्रीमान नरेश भट्टमाथि मुद्दा दायर भएको छ । श्रीमतीको हत्या गरी शव लुकाएको अभियोगमा नरेश भट्टमाथि नयाँ सुनवाइको मिति तय भएको छ । प्रिन्स विलियम काउन्टी सर्किट कोर्टका एक न्यायाधीशले ३७ वर्षीय भट्टको सुनवाइ सन् २०२५ को सेप्टेम्बर ८ का लागि तय गरेका हुन् ।

शव लुकाएको अभियोगमा भट्टको सुनुवाइ आगामी हप्तादेखि हुँदै थियो । तर सोमबार उनीमाथि पत्नीको हत्याको नयाँ अभियोग चलाइएपछि सुनवाइ ९ महिना पछि सरेको हो । सुनवाइको फैसला आउन करिब चार हप्ता लाग्ने बताइएको छ । कोर्ट टिभीले यो सुनवाइ टिभीमा प्रत्यक्ष प्रसारण गर्न खोजिरहेको छ । प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा काम गर्ने ममता अन्तिम पटक जुलाई २७ मा अस्पताल पुगेकी थिइन् ।

लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई उनी हराएको खबर गरेका थिए । अगष्ट २ मा प्रहरी ममता र नरेशको घर पुगेका थिए । सोधपुछका क्रममा नरेशले ममतालाई अन्तिमपटक ३१ जुलाईमा भेटेको बताएका थिए । प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो ।

नरेश प्रहरी हिरासतमा छन् । लामो अनुसन्धानपछि ममताको हत्या गरेर नरेश आफैले उनको शव लुकाएको प्रमाण अदालतमा पेस गरिएको थियो । भट्टले छिमेकको आसपासका क्षेत्रमा फोहोरका ठुला झोला फ्याकेको सर्भेलेन्स क्यामराहरूमा देखिएको थियो । अन्य फुटेजमा उनले चक्कु र सफा गर्न प्रयोग गरिने सामान किनेको पनि देखिएको थियो । एउटा दान साइटमा भट्टले रगत लागेको बाथरुमको बाथम्याट दिएको पनि भेटियो ।

भट्ट दम्पतीको घरमा शयन कक्षमा रगतको छिटा पाइएको थियो । दृश्य हेर्दा कसैलाई जमिनमा घिसारेको जस्तो देखिन्थ्यो । घटना लगत्तै भट्टले आफ्नो टेस्ला कार बेचेका थिए भने घर पनि बेच्ने प्रयासमा थिए । नरेश र ममताकी डेढ वर्षकी छोरी छन् । नरेश जेल परेपछि नेपालबाट अमेरिका गएका ममताकी आमा र भाइले छोरीको हेरविचार गरिरहेका छन् ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: