रतन टाटा इजरायल र भारत मित्रताका मध्यस्थकर्ता थिए : नेतान्याहु

दर्पण दैनिक २७ आश्विन २०८१,०९:२८
post

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि भारतका ठूला उद्योगपति रतन टाटाको निधनमा शोक व्यक्त गरेका छन् । उनले ‘एक्स’मार्फत टाटाको निधनप्रति दु:ख व्यक्त गरेका हुन् । 

इजरायली प्रधानमन्त्री नेतान्याहुले लेखेका छन्, ‘मेरो प्रिय मित्र प्रधानमन्त्री नरेन्द्र मोदी- म र इजरायलका धेरै मानिस रतन नवल टाटाको निधनमा शोक व्यक्त गर्छौं ।’

नेतान्याहुले अगाडि लेखेका छन्, ‘रतन टाटा भारतका गौरवशाली छोरा र हाम्रा दुई देशबीचको मित्रताका मध्यस्थकर्ता थिए । उनको परिवारलाई मेरो समवेदना ।’

उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा गत बुधबार अर्थात् यही अक्टोबर ९ मा निधन भएको थियो । उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका धेरैजना दिग्गजले दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: