इराकी टिकटक स्टार सावदीको गोली हानी हत्या

दर्पण दैनिक १६ बैशाख २०८१,१२:१२
post

काठमाडौं । इराकी टिकटक स्टार घुफ्रान सावादीको गोली हानी हत्या गरिएको छ । उम फहाद भनेर टिकटकमा चर्चित उनको शुक्रबार राति गोली हानेर हत्या गरिएको हो । 


स्थानीय प्रहरीका अनुसार उनलाई बगदादस्थित आफ्नै घरबाहिर गोली हानिएको थियो ।  पूर्वी बगदादको जायोउना क्षेत्रमा भएको घटना सर्भिलियन्स क्यामरामा कैद भएको छ र सामाजिक सञ्जालमा सेयर भएको छ । 

भिडिओमा मोटरसाइकल चढेर आएका एक बन्दुकधारीले सावादीलाई गोली हानेको र घटनास्थलमै उनको मृत्यु भएको देखिन्छ । 


घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ। टिकटकमा सवादीले पप गीतमा नाचेका भिडिओ हाल्थिन्। 

यस्ता कन्टेन्टका कारण उनले ६ महिनाको जेल सजाय पनि भोगेकी थिइन्। 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: