थाइल्यान्डमा ३७ वर्षीया सिनावात्रा बनिन् प्रधानमन्त्री

दर्पण दैनिक ३२ श्रावण २०८१,१३:२९
post

काठमाडौँ । थाइल्यान्डमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेतोङत्रान सिनावात्रा प्रधानमन्त्री बनेकी छन् । ३७ वर्षीया पेतोङत्रानलाई थाइल्यान्डको संसद्‌ले प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो । 

उनी थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छन् । यस्तै प्रधानमन्त्री पद सम्हाल्ने उनी देशकै दोस्रो महिला पनि बनेकी छन् ।

आन्टी यिङलक थाइल्यान्डको प्रधानमन्त्री बन्ने देशको पहिलो महिला थिइन् । संवैधानिक अदालतले पूर्वप्रधानमन्त्री श्रीता ताविसिनलाई बर्खास्त गरेको दुई दिनपछि पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा निर्वाचित भएकी हुन् ।

नवनिर्वाचित पेतोङत्रान र पूर्वप्रधानमन्त्री श्रीथा ताविसिन दुवै फेउ थाई पार्टीका हुन् । सिनावात्राको परिवारका चार सदस्य यसअघि थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन् ।

 

सम्बन्धित खबर

post

ट्वीटरमा कसरी गर्ने लाइभ ?

२० श्रावण २०८०,०९:३१
post

बंगलादेशकाे संसद विघटन

२२ श्रावण २०८१,१६:३१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: